underline

सञ्चार र यसको महत्व

Underline

Share:

सन्देश वा सूचना एक व्यक्तिबाट अर्काे  व्यक्तिसम्म पठाउने प्रक्रियालाई सञ्चार भनिन्छ।  दुई प्रकारले सञ्चार हुन्छ । ती हुन्ः एक तर्फी सञ्चार र दुई तर्फी सञ्चार।  सञ्चार सन्देश वा जानकारी एक दिशामा प्रवाह हुन्छ त्यसलाई एकतर्फी सञ्चार भनिन्छ । एकतर्फी सञ्चारका उदाहरणहरू टी.भी. रेडियो अखबार इत्यादि हुन् । दुबै तर्फबाट तत्कालै सञ्चार गर्न सकिने वा सवालजवाफ गर्न सकिने सञ्चार दुई तर्फी सञ्चार हाे ।यसकाे  उदाहरण मोबाइल ,टेलिफोनमा गरिने  कुरा हो।  सञ्चारले  ज्ञानको स्तर बढाउँछ, यसले भावनाहरू बाँड्न मद्दत गर्दछ। यो अरूसँग नयाँ विचारहरू साझेदारी गर्न मद्दत गर्दछ। यसले प्राकृतिक प्रकोपबाट सुरक्षित रहन मद्दत गर्दछ। यसले नयाँ ठाउँ र स्थानहरूको बारेमा जान्न मद्दत गर्दछ। यसले हामीलाई हाम्रो वरपर र संसारमा हुने परिवर्तनसँग परिचित गनाउँदछ त्यसैले यसकाे महत्व दिनप्रतिदिन बढ्दै गएकाे छ ।

0 reads

Published on 6/24/2021

Image

Ananya Bhurtel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Ananya Bhurtel

Grade 5

Roll No: 29042

10

More Articles from

Student

Underline