underline

आफ्नाे बारेमा

Underline

Share:

मेराे नाम अनन्या भुर्तेल हाे । म कक्षा ५ मा पढ्छु । मलाई नाच्न र स्टन्टहरू गर्न मन पर्छ । मलाई सबै मानिसहरूसँग कुराकानी गर्न मन पर्छ । म साथीहरूसँग मिलनसार नै छु । मलाई फूलकाे वासना धेरै मन पर्छ । म चित्र काेर्न पाउँदा धेरै रमाउँछु ।मलाई मासु खान मन पर्दैन । वास्तवमा मासुकाे स्वाद मिठाे वा नमिठाे भनेर मन नपर्ने हाेइन कि मलाई प्राणीकाे माया लागेर खान मन पर्दैन । हामीहरू जुन जनावरकाे मासु खान्छाैँ त्यसकाे पनि आत्मा हुन्छ, परिवार ,आमाबाबा वा छाेराछाेरी हुन्छन् । तिनीहरूलाई रूवाएर हामी कसरी अघाउन सक्छाैँ ? त्यसैले मलाई परिवारले जति नै धेरै कर गरे पनि म मासु कहिल्यै खाने छैन ।मलाई पछि गएर सबैकाे सेवा गरेर आफ्नाे र देशकाे नाम उच्च बनाउने मन छ ।

0 reads

Published on 12/10/2021

Image

Ananya Bhurtel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Ananya Bhurtel

Grade 5

Roll No: 29042

10

More Articles from

Student

Underline