तीन दिनकाे दैनिकी
म मिति २०७३/ १ / १० गते बिहान उठेँ। मुख धोएँ । पानी पिएँ । ९ः ३० बजे खाना खाएँ । अनि घुम्न जाने भनेर म तयार भएँ । बाबाले गाडीमा दक्षिणकाली जाने भन्नुभयो। बाटोमा मैले नदी पहाड आदि धेरै कुराहरू देखेँ। एउटा होटलमा गएर चटपटे खाएँ। हामी चम्पादेवी रिसोर्टमा गएर रात बस्यौँ। भोलिपल्ट मिति २०८३/ १/ ११ गते बिहान ६: ३० बजे म उठेँ । मुख धोएँ । त्यसपछि पानी पिएँ अनि चिया खाएँ । १० बजेको खाना खायौँ । त्यसपछि हामी घर जानको लागि गाडीमा गएर बस्यौँ। पानी परेकोले हामी छिटै घर आयौँ । मिति २०८३/ १/ १२ गते म बिहानै उठेँ। हातमुख धोएँ अनि पानी पिएँ । त्यसपछि ९ः३० बजे म खाना खाएर घुम्न जान तयार भएँ । हामी भक्तपुर दरबार स्क्वारमा गयौँ । त्यहाँ घुमघाम गर्याैँ । भक्तपुरको म्युजियम हेर्याैँ । हामीले त्यहाँ खाजामा म:म, पिज्जा, फ्रेन्च फ्राइज खायौँ। त्यसपछि मैले आइसक्रिम पनि खाएँ। बाटामा हामीले धेरै सामान किन्यौँ । बेलुकी घर गएर मैले फेरि खेलेँ र बेलुका धेरै थाकेकोले सुत्न गएँ ।
3 reads
Published on 5/25/2026
Aarush Bhattarai is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarush Bhattarai
Grade 4
Roll No: 35034
4
More Articles from
Student