underline

धरहरा

Underline

Share:

धरहरा

धरहरा नेपालको राजधानी काठमाडौँमा रहेको एक ऐतिहासिक धरोहर हो । धरहरा भीमसेन थापाले बनाएका थिए । धरहरा धेरै अग्लो सेतो रङको टावर हो । यसबाट काठमाडौँ सहरको राम्रो दृश्य देखिन्छ । वि.सं. १९९० भन्दा अगाडि धरहरा ११ तल्लाको थियो । १९९० को भूकम्पले दुई तल्ला भत्किएपछि यो नौ तलाको भएको हो । २०७२ सालको भूकम्पमा यो धरहरा भत्कियो । धरहरा भत्किसकेपछि पुनर्निर्माण गरियो । अहिले २०८२ सालमा धरहरा २२ तल्लाको छ । अहिलेको नयाँ धरहराको अगाडि भत्किएको धरहरा राखिएको छ । म मेरो जाडो बिदामा धरहरा घुम्न गएँ । त्यो मलाई असाध्यै राम्रो लाग्यो। धरहरा जोगाउनु हामी सबैको कर्तव्य हो ।

5 reads

Published on 6/2/2026

Image

Agniv Bazgain is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Agniv Bazgain

Grade 5

Roll No: 34054

8

More Articles from

Student

Underline