मेरो गल्ती
मेरो गल्ती
म त सानी थिएँ
मलाई याद छ, म सानी थिएँ
एउटा सपना बुनेकी थिएँ, सबैलाई खुसी राख्ने ।
राता गाला, कठोर कल्पना
ठुला आँखामा प्रस्ट हुन्थे, अनेकौँ सपना।
म कति निर्दोष थिएँ,
सपना धेरै देख्थेँ तर ती कहाँ लुक्छन् र ?
सफलता सबैको भाग्यमा कहाँ झुक्छन् र ?
सबैलाई खुसी राख्ने वाचा त गरेँ मैले,
तर, आफ्नै मनलाई खुसी राख्न सकिनँ कहिले।
केही नभए पनि असल मान्छे बन्छु भन्थेँ,
तर नजानिँदो गरी गल्ती धेरै गरेँ मैले।
कुहिरोले यो पृथ्वीमा ढाकेका फूलहरू झैँ
कहिलेकाहीँ आफ्नै पाइलाहरू कता हराउँछन्
त्यो कुहिरोभित्र मेरो अस्तित्व कतै हरायो
प्वाल परेको ढुङ्गा जस्तै पानीमा बग्न सकेन
अनि हराएको मन बोकेर यो मान्छे बाँच्न सकेन।
मसँग कापी र कलम छ तर मैले केही लेख्न सकिनँ
मसँग क्षमता छ तर मैले केही गर्न सकिनँ
म चन्द्रमा छुन सक्छु तर मैले चन्द्रमा छुइनँ
म मान्छे बन्न सक्छु तर म आदर्श मान्छे बन्न सकिनँ ।
1 reads
Published on 8/25/2026
Pasang Doma Sherpa is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.
Pasang Doma Sherpa
Grade 9
Roll No: 30019
3
More Articles from
Student