underline

श्लोकको वर्णन

Underline

Share:

साहित्यसङ्गीतकलाविहिनः । 

सक्षात्पशु: पुच्छविषाणहिन: ।।

यस हरफले भन्न खोजेको छ कि साहित्य, सङ्गीत र कला बिनाको मानिस, पुच्छर नभएको पशु जस्तै हुन्छ। याे पहिलो भागले भन्न खोजेको कुरा याे  हो कि शिक्षा, संस्कृति र सुधार बिनाको मानिस, मानिस जस्तो मात्र हुन्छ, पशुभन्दा केही कम हुँदैन किनभने उसलाई मानव बनाउने तत्त्वहरू नै उसलाई आउँदैन ।

तृणं न खादन्नपि जीवमान: । 

तद्भागधेयं परमं पशुनाम् ।।

यो दोस्रो भागले भन्न खोजेको छ कि त्यो मानिस जसलाई केहि पनि कला, संगीत, साहित्य आउँदैन त्यो मानिस मानिस हुँदैन तर पशुहरूमा पनि सर्वोच्च मानिन्छ । मानिसलाई  शुद्ध बनाउन वा असल बनाउन त्यस मानिससँग कला, सङ्गीत र साहित्य तिन ओटै कुराबारे शिक्षा र सिप हुनुपर्छ ।

समग्रमा, यस श्लोकले मानिस जीवनमा शिक्षा, संस्कृति र सुधारको महत्त्वलाई बुझाउँन मदद्त गर्दछ, र बताउँछ कि यिनीहरू बिना मानिस पशु जस्तै हुन्छ । शारीरिक रूपमा मात्र मान्छे रहन्छ ।

1 reads

Published on 9/17/2024

Image

Irada Timsina is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Irada Timsina

Grade 7

Roll No: 30053

11

More Articles from

Student

Underline