पदयात्रा
म बिहानै ६:३० बजे आमाको आवाजले उठेँ। त्यसपछि म हतार–हतार मुख धोएर नास्ता खाएँ। मैले विद्यालयको पोसाक लगाएँ र खाजाको झोला बोकेर बस स्टपतर्फ गएँ। त्यहाँबाट गाडी चढेर विद्यालय पुगेँ। हाम्रो पदयात्रा सूर्यविनायकबाट गुण्डुसम्मको थियो। यात्राको क्रममा हामीले धेरै रुखहरू, जनावरहरू, मानिसहरू र घरहरू देख्यौँ। बाटोभरि निकै रमाइलो भयो। हामीले हेलिकप्टर दुर्घटना भएको ठाउँ पनि देख्यौँ। त्यो ठाउँ देख्दा मलाई केही समय डर पनि लाग्यो । बाटोमा हामीले कुकुरहरू पनि देख्यौँ। पछि हामी एक ठाउँमा बसेर साथीसँग खाजा खायौँ । खाजा खाँदै सबैजना मिलेर गफ गर्यौँ र धेरै रमाइलो गर्यौँ। त्यसपछि हामी फेरि विद्यालयतर्फ फर्कियौँ। यो पदयात्रा मेरो लागि धेरै रमाइलो र सम्झनलायक अनुभव बन्यो।
5 reads
Published on 5/20/2026
Ananya Banjara is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.
Ananya Banjara
Grade 3
Roll No: 36010
3
More Articles from
Student