मेराे पृथ्वी
नीलाे आकासले छाएकाे धर्तीकाे माया लाग्छ
हरियाे जङ्गल, खाेलाले गीत गाउँछ ।
फूल फुल्ने थलाे, मिठाे फल दिन्छ ।
मेराे पृथ्वी प्रेमले चिनिन्छ ।
पहाड चुम्ने बादल, झरनाहरू झरिरहे
चराका ती गीतहरूले मन छाेइरहे ।
खुला आकासमा सूर्यकाे किरण
मेराे पृथ्वीमा सुन्दर रहाेस् निरन्तर ।
सधैँ सफा राखाैँ हामीले याे ठाउँ
सांस्कृितिक धराेहर हाम्राे नैसर्गिक ठाउँ।
पानी हावा र माटाेकाे सम्मान गराैँ
हाम्राे पृथ्वीलाई मिलेर बचाऔँ ।
तिमी पनि यसै पृथ्वीकाे भाग हाै
साथी भएर पृथ्वीलाई माया गराैँ ।
याे पृथ्वी हाम्राे उज्यालाे आकास
सबै मिलेर बनाऔँ जीवन खास ।
0 reads
Published on 8/22/2025
Aayush Kant Mandal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aayush Kant Mandal
Grade 5
Roll No: 33053
4
More Articles from
Student