underline

स्वास्थ्य

Underline

Share:

हामीहरू स्वस्थ हुनु वा नहुनुमा हामीले खाने खानेकुराहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। तयारी खानेकुराहरू खानु स्वस्थलाई राम्राे हुँदैन। तयारी खानेकुरा भन्नाले चाउचाउ, बिस्कुट जुस आदि हुन् । यी खानेकुराहरूले हामीलाई बिरामी बनाउँछ। त्यसैले हामीले स्वस्थ रहनको लागि ताजा खानेकुराहरू खानुपर्छ। शरीरलाई तागत दिने, रक्षा गर्ने, वृद्धि हुने खाने कुराहरू हाम्रो दैनिक खानामा हुनुपर्दछ । शरीरलाई तागत दिने खानेकुराहरूमा चामल, चिउरा, मकै, पिठो, गहुँ, जौ, आलु आदि पर्दछन्। त्यस्तै शरीरलाई रक्षा गर्न भिटामिन र खनिजहरू भएका खानेकुराहरू जस्तैः साग, फर्सी, लौका, बन्दा, घिरौला तथा फलफूलहरू खानु पर्दछ । शरीरलाई वृद्धि गर्न प्रोटिन भएका खानेकुराहरू जस्तैः दुध माछामासु, अन्डा खानुपर्दछ। खानेकुरालाई पखालेर राम्रोसँग पकाएर खानुपर्दछ। काँचो खान मिल्ने भए काँचै खानेकुरालाई सफा गरेर खान सकिन्छ। त्यस्तै खानेकुरा खाँदा सधैँ हात धोएर खानुपर्छ। स्वास्थ्य नै धन हाे ।

0 reads

Published on 11/10/2025

Image

Vidhatri Thapa is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.

Vidhatri Thapa

Grade 4

Roll No: 34023

2

More Articles from

Student

Underline