underline

विद्यालयको शैक्षिक भ्रमण

Underline

Share:

शनिबार म मेरो विद्यालयबाट शैक्षिक भ्रमण गएकी थिएँ । त्यस दिन मेरो बुबाले मलाई विद्यालय पुर्‍याइदिनुभयो । मैले मेरा साथीहरू र शिक्षकसँग भेटेँ । मैले एकछिन साथीहरूसँग खेलेँ । त्यसपछि हामी सबैजना गाडी चढेर बल्थली गयौँ । बसमा हामीले रमाइलो गर्‍याैँ र एकछिन पैदल यात्रातिर लाग्यौँ । मैले त्यहाँ सुन्तलाको बारी नै बारी देखेँ । हामीले फोटो खिच्यौँ । त्यसपछि हामी तामाङको डाँडा पनि गयौँ । हामी जाँदा एउटा सानो सानो कुकुर मैले देखेँ । मलाई त्यो कुकुर मन पर्‍‍याे । धेरै ठाउँ घुमेपछि हामी फेरि होटल फर्कियौँ । खाजा खाएर हामी फेरि खेल्न थाल्यौँ । बेलुका आगो तापेर खेल खेल्यौँ । सुत्ने बेलामा हामी कोठामा गएर लुगा फेरेर सुत्यौँ । भोलिपल्ट म बिहान चाँडै उठेँ । बिहान हामी खाजा खाएर स्कुल गयौँ । स्कुलमा पनि रमाइलो गर्‍याैँ । यस वर्षको शैक्षिक भ्रमण निकै रमाइलो भयो ।

2 reads

Published on 5/22/2026

Image

Vidhatri Thapa is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.

Vidhatri Thapa

Grade 5

Roll No: 34023

2

More Articles from

Student

Underline