होली
मेरो मन पर्ने चाड होली हो। होली रङहरूको चाड हो। यस दिन हामी एक अर्कालाई रङ लगाएर खेल्छौँ । मलाई होलीमा पानी खेल्न धेरै रमाइलो लाग्छ। म होलीमा बेलुनमा पानी भरेर खेल्छु। मेरो घरमा धेरै मिठा खाने कुराहरू पाक्छन् । मेरो घरमा मासुभात, मालपुवा र खिर पाक्छ। म होलीमा धेरै मिठाई खान्छु। त्यसैले मलाई होली धेरै मन पर्छ ।
0 reads
Published on 11/26/2025
Bineet Jha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Bineet Jha
Grade 1
Roll No: 37001
3
More Articles from
Student