(आज कक्षा सातका केही विद्यार्थीहरू वनभोज खान गएका छन् । र ऋषि, शिव, विमला, राहिम र अनुष्का वनभोज खाएर आएको ठाउँको कुरागर्दै छन् ।

ऋषि - आहा कति राम्रो ठाउँ।)

विमला - के छ साथीहरू आज त निकै रमाइलाे लागेकाे छ नि है, ठाउँ पनि निकै रमाइलाे रहेछ ।

शिव - हाे नि चारैतिर हरियाली, खाेलानालाकाे कलकल ध्वनि, म त कताकता प्रकृतिकाे यही काखमा हराउँछु जस्तै लाग्छ ।

ऋषि - यतिमात्र हाे र साथीहरू? नेपालमा धेरै छन् यस्ता ठाउँ छन् । योभन्दा रमाइला रमाइला ठाउँ पनि छन।

शिव - म पनि नेपालमा नै हो तर पोखराको डेबिट फल र फेवा तालकाे पानीमा देखिने हिमालले त मेरो पनि मन नै छोयो।

अनुष्का- गोदावरीको बाटाेनिरकाे बगैँचाकाे झरना र सानो ताल पनि के कम छ र ।

ऋषि - नुवाकोटको दरबार पनि अति नै सुन्दर छ नि ।

विमला - बज्र बाराही मन्दिर वरिपरिकाे ठाउँले पनि हामी सबैकाे मन आनन्दित पार्दछ नि !

सर - ओहो तिमीहरू लाई त कति थाहा रहेछ नि अझै भनन सबै साथीहरूले सुनिरहेका छन।

ऋषि - हुन्छ नि सर ।

शिव - आ मलाई पनि नमोबुद्ध को पर्वतबाट काठमाडौं हेर्दा मजा आउँछ।

अनुष्का - चोभार पहाडको मञ्जुश्री गुफा र टौदह पनि घुम्न रमाइलाे हुन्छ।

ऋषि - आहा! तिमी दुई नेपालमा धेरै न बसे पनि कति थाहा रहेछ।

विमला - भक्तपुरको साँगाको शिव मूर्ति जुन दुई पहाडकाे बिचमा छ, त्याे पनि अत्यन्त सुन्दर रहेकाे छ । त्यहाँ त पर्यटककाे भिँड नै लाग्छ । ।

अनुष्काः ओहाे कुरा गर्दागर्दै भाेक पाे लाग्न थाल्याे ।

सबैजनाः हाे, हाे सबैजना खाना खान जानुपर्छ ।

( सबै जना खाना खान जान्छन्। )