पृथ्वी
पृथ्वी
हाम्री प्यारी पृथ्वी आमा कति राम्री छिन्
निलो आकाश हरियो वन सबैको मन लोभ्याउँछिन्
नदीनाला हिमाल पहाड खेत अनि वन
यी सबै हुन् धर्तीका गहना र धन
हावा दिन्छिन् हामीलाई पानीले मेट्छ तिर्खा
माटोमा फल्छ अन्नबाली हराउँछ सबैकाे पिर मर्का
जथाभावी फोहोर फाली वातावरण बिगार्नुहुँदैन
दुःख दिई आमालाई रुवाउनु हुँदैन
साझा हाम्रो यो पृथ्वी साझा हाम्रो घर हाे
पशुपन्छी खेल्ने गर्छन् यताउता वरपर
मिठा फल खान्छौँ हामी रमाउँछौँ साह्रै
जीवन दिने पृथ्वीलाई जोगाउँछौँ सधैँ ॥
Encouragement: Sindhu Paudel
4 reads
Published on 3/22/2026
Rudransh Pokharel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.
Rudransh Pokharel
Grade 3
Roll No: 35046
3
More Articles from
Student