underline

कविताः प्रकृति

Underline

Share:

प्रकृति

डाँडा र काँडा हिमाल राम्रो सुनौलो प्रभात

तराई फाँट नदी र नाला अमूल्य सौगात ।

बिहानी पख पारिलो घाम कोइलीको भाकाले

यो मेरो मन लोभ्याउँछ सधैँ हरिया पाखाले ।

रङ्गी र चङ्गी फूल छन् राम्रा मिठो छ सुगन्ध

छितिज पारीको जुनले पनि दिएको आनन्द ।

कालो र सेतो बादल पनि कति छन् चम्किला

रबिको रातो किरणले गर्दा भएछन् सुनौला ।

खोलामा बग्ने चिसो त्यो पानी पोख्दैछ कि व्यथा

वन र पाखा टोलाउँछन् हेरी दुःख त्यो सम्झिँदा ।

रुख र पात चराचुरुङ्गी असल हुन् मित्र

सबै नै मिली बनेको हेर सुन्दर यो चित्र ।

प्रकृति नै हो अमूल्य धन जीवन अनि प्राण

यसैको माया जोगाउन सके रहन्छ सम्मान ।

हाम्रो यो घर अमूल्य धन जगत बचाऊँ

रोगी र दुःखी नबनौँ कोही यो धर्ती सजाऊँ ।।

2 reads

Published on 9/21/2026

Image

सुकृता कुँवर कक्षा ८ की मेहनती विद्यार्थी हुन्। उनलाई पढ्न, चित्र बनाउन, कथा लेख्न तथा घरमा बसेर अन्य साहित्यिक किताबहरू पढ्न अत्यन्त मनपर्दछ। उनी एक आशालाग्दी भविष्यकी कवयित्री हुन् ।

Sukrita Kunwar

Grade 8

Roll No: 311014

Deerwalk Dhading School

1