underline

दसैँ

Underline

Share:

दसैँ

दसैँ नेपालीहरूको महान् चाड हो। यसको धार्मिक मात्र होइन सांस्कृतिक महत्त्व पनि छ। यो चाड असोज, कार्तिक महिनामा पर्छ। घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्मका १५ दिनलाई दसैँ भन्ने गरिन्छ । दसैँको पहिलो दिन देवीका मन्दिरमा र मानिसका घरघरमा पनि जमरा राखिन्छ। यस दिनदेखि नौ दिनसम्म देवीको पूजा गरिन्छ। यी नौ दिनलाई नवरात्री भनिन्छ। नवरात्रीमा दुर्गा भवानीका नौ रूपको पूजा हुन्छ । दसैँको सातौं दिनलाई फूलपाती भनिन्छ। यो दिन घरघरमा फुलपाती भित्र्याइन्छ। फूलपातीको दिन काठमाडौँको टुँडिखेलमा ठूलो बढाई हुन्छ । दसैँको आठौँ दिनलाई महाअष्टमी र नवौं दिनलाई महानवमी भनिन्छ। यी दिनमा देवीका मन्दिरमा र घरमा बलिदिने चलन छ। दुर्गा भवानीका मन्दिरमा राँगा,बोका, कुखुरा, हाँस,परेवा आदिको बलि दिने गरिन्छ । मासु नखानेहरूले कुविन्डो,घिराैँला आदि काटेर बलिदिने गर्दछन्। दसैँको दशाैँ दिन मुख्य दिन हो। यस दिनलाई विजयादशमी भनिन्छ । देवीले महिसासुर नाम गरेको राक्षसमाथि विजय हासिल गरेको हुनाले यसलाई विजया दशमी भनिएको हो भन्ने जनविश्वास पाइन्छ । यसै दिन भगवान रामले रावणमाथि विजय प्राप्त गरेको भन्ने अर्को भनाइ पनि छ। यो दिन ठूला मानिसबाट टीका लगाउने चलन छ। यस दिनको टीकालाई देवीको प्रसाद मान्ने गरिन्छ। यस टीकालाई सधैं विजय हासिल गर्ने आशीर्वाद मानिन्छ । दसैँमा मामामाइजू ,हजुरबा,हजुरआमाका हातबाट टीका थाप्न जाने गरिन्छ । ठूला मानिसले टीका लगाएर आशीर्वादसँगै पैसा,लुगा र मिठामिठा खानेकुरा पनि दिने गर्छन्। दसैँमा टाढा टाढा गएका दाजुभाइहरू पनि भेला भएर रमाइलोसँग याे चाड मनाउने गर्दछन्।

7 reads

Published on 9/28/2026

Image

Nisa Pariyar is a student at Deerwalk Pokhara School. She loves writing and traveling to different places.

Nisa Pariyar

Grade 5

Roll No: 34030

Deerwalk Pokhara School

1