राम र राकेश धेरै समयपछि फाेनमा कुराकानी गर्दै छन् । उनीहरूका बिचमा आज युराेकप २०२० मा भएकाे खेलकुदकाे बारेमा छलफल हुँदै छ ।

राम - हेल्लाे, राकेश के छ ?

राकेश - मलाई सन्चै छ। तिमीलाई कस्तो छ नि ?

राम - म पनि ठिकै छु।

राकेश - अनि तिमीले हिजोको स्पेन र क्रोएसियाको खेल हेर्‍याै त?

राम - मैले त त्यो खेल हेर्नै पाइन। तिमीले हेर्‍याै ?

राकेश - मैले त हेरेँ नि। कस्तो राम्रो खेल भएको थियो ।

राम - मलाई भन न के के भयो भनेर।

राकेश - ए! भइहाल्छनि। खेल त धेरै राम्रो भएको थियो । स्पेनले पाँच गोल र क्रोएसियाले तीन गोल हानेको थियो। खेल एकदमै रोमाञ्चक भएको थियो । तिमीलाई थाहा छ, त्यो खेलमा स्पेनबाट एउटा आत्मघाती गोल पनि भयो नि।

राम - ए! होर, कसले हान्यो नि आत्मघाती गोल ?

राकेश - पेड्रीले हान्यो ।

राम - हो र! अनि तिमीले अरू कुन कुन खेल हेर्‍याैँ त नि ?

राकेश - मैले त अहिलेसम्म कुनै पनि खेल छोडेको छैन नि।

राम - अनि तिम्रो अनुसार कसले युरो कप जित्ला त ?

राकेश - खै जर्मनी, फ्रान्स, पोर्चुगलजस्ता हस्तीले त हारे, यसपालिको युरो कप कसले जित्छ केही भन्न सकिने अवस्था छैन ।

राम - ए! यस्ता यस्ता बलिया टिमहरूले त हारेछन्।

राकेश - यसपालि नयाँ देशले जित्ने मौका पाउला जस्तो छ।

राम - ए! यसपालिको युरो कप चाहिं हेर्नु पर्ने रहेछ।

राकेश - अबका बाँकि खेल चाहिं हेर्न थालन।

राम - हुन्छ नि बरू अनि कहिलेदेखि सुरु हुन्छ त ?

राकेश - भोलि अठार गते रातिबाट सुरु हुन्छ।

राम - ए! अब चाहिँ म पनि हेर्न थाल्छु ।

राकेश - ल! अब भोलिदेखि हेर है त।

राम - हेर्न त हुन्थियो तर राति ढिलोसम्म हेरेपछि बिहान उठ्नै गाह्रो हुन्छ।

राकेश - त्यो त हो। हेर्दै गएपछि बानी पर्दो रहेछ।

राम - ल ल अब फेरि कुरा गरौँला है।

राकेश - हुन्छ हुन्छ। अब फाेन पनि राख्छु है ।

( कुराकानी सकिन्छ र दुवैले फाेन राख्छन् )