मेराे परिवार
मेराे परिवार
मेराे नाम प्रनिशा सुवेदी हाे । म सात वर्षकी भएँ । म डियरवाक पाेखरा स्कुलमा कक्षा ३ मा पढ्छु । मराे परिवारमा चार जना सदस्य हुनुहुन्छ । मेराे परिवारमा आमा, बुबा, दाइ र म छाैँ । यस्ताे परिवारलाई एकल परिवार भनिन्छ । मेरी आमाकाे नाम अनु सुवेदी हाे । मेरा बुबाकाे नाम प्रमेश्वर सुवेदी हाे । मेराे दाइकाे नाम प्रनिश सुवेदी हाे । मेरा बुबा डेन्टिस्ट हुनुहुन्छ । उहाँकाे डेन्टल छ जसकाे नाम पाेखरा डेन्टल हाे । मेरी आमाले घरकाे काम गर्नुहुन्छ। उहाँले मिठा मिठा खानेकुरा पकाउनुहुन्छ । मेराे दाइ कक्षा ५ मा पढ्नु हुन्छ । दाइ र म सँगै विद्यालय जान्छाैँ । मलाई गीत गाउन मन पर्छ । मराे दाइलाई फुटबल खेल्न मन पर्छ । मलाई सबैले माया गर्नुहुन्छ ।
म पनि मराे परिवारलाई धेरै माया गर्छु ।
10 reads
Published on 9/23/2026
Pranisha Subedi is a student at Deerwalk Pokhara School. She is interested in music and likes to sing.
Pranisha Subedi
Grade 3
Roll No: 36007
Deerwalk Pokhara School
1