underline

मोती (कथा)

Underline

Share:

मोती (कथा)

एकादेशमा एउटा सानो गाउँ थियो। त्यही गाउँमा रोहन नामको एउटा केटो बस्थ्यो। ऊ कक्षा दुईमा पढ्थ्यो। रोहनसँग मोती नामको एउटा सानो बाख्राको पाठो थियो। रोहन र मोती सधैँ सँगै खेल्थे।

एक दिन मोती खेल्दाखेल्दै गाउँको एउटा पुरानो र गहिरो इनारमा खस्यो। मोती डराएर “म्याँ...म्याँ...म्याँ...” गर्न थाल्यो। रोहनले मोतीलाई देख्यो। तर इनार धेरै गहिरो भएकाले ऊ भित्र जान सकेन। रोहनले केही बेर सोच्यो। अनि उसले एउटा उपाय निकाल्यो। ऊ घरबाट बलियो डोरी र एउटा टोकरी लिएर आयो। टोकरीमा मोतीलाई मन पर्ने हरियो घाँस राख्यो र डोरी बाँध्यो।

रोहनले टोकरी बिस्तारै इनारभित्र झार्यो। हरियो घाँस देखेर मोती तुरुन्तै टोकरीभित्र पस्यो। रोहनले खुसी हुँदै बिस्तारै डोरी तान्यो। केही बेरपछि मोती सुरक्षित बाहिर आयो। मोतीलाई देखेर रोहन खुसी भयो। मोती पनि उफ्रिँदै रोहनको नजिक आयो।

यसरी रोहनले डर नमानी बुद्धि लगाएर आफ्नो प्यारो मोतीलाई बचायो।

3 reads

Published on 9/24/2026

Image

लेखकका बारेमा : ऋतिक जङ्ग खड्का कक्षा २ का मेहनती तथा प्रतिभाशाली विद्यार्थी हुन्। खेलकुद चित्रकला लेखन तथा अन्य अतिरिक्त क्रियाकलापमा उनको सक्रिय सहभागिता हुने गर्दछ। साथै उनी पुस्तक पढ्न मन पराउने र अध्ययनशील विद्यार्थी हुन्।

Ritik jung Khadka

Grade 2

Roll No: 371009

Deerwalk Dhading School

1