underline

नेपालकाे प्राकृतिक सुन्दरता

Underline

Share:

नेपालकाे प्राकृतिक सुन्दरता

नेपाल प्राकृ‌तिक सुन्दरताले भरिपूर्ण देश हो । हाम्रो देश नेपालमा हरिया वनजङ्‌लहरू छन् । नेपालमा अनेकाैँ राष्ट्रिय निकञ्जहरू छन् । नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो । यहाँ सुन्दर वन, खोलानाला र नदीहरूछन् । नेपाललाई बिश्वभर प्राकृतिक सम्पदाको धनी देश भनेर चिनिन्छ । नेपालमा विभिन्न प्रजातिका पशुपन्छी छन् । नेपालको प्राकृतिक सुन्दरता हेर्न विदेशीहरू पनि आउने गर्छन् ।

नेपालको विभिन्न क्षेत्रमा राष्ट्रिय निकुञ्जहरू । यी सुन्दर निकुञ्जहरू नेपालका गौरव हुन् । यी कुञ्जमा सुन्दर चरीहरूको गीत सुन्न पाइन्छ । धेरै जङ्‌‌गली जनावरलाई देख्न पाइन्छ। यी निकुञ्जहरूमा हरिया रुखहरू तथा विभिन्न किसिमका वनस्पतिहरू रहेका छन् ।

हाम्रो देशमा सुन्दर र सेता हिमालहरू छन्‌ । हिमालकाे सुन्दरता शब्दले बयान गर्न सकिन्न । बिहानी घामकाे पहिलो किरण हिमालको पर्दा अत्यन्त सुन्दर देखिन्छ । हाम्रो देशमा बिश्वको सबैभन्दा अग्लाे हिमाल सगरमाथा छ । सगरमाथाले हामी नेपालीहरूकाे शिरलाई उच्च बनाएकाे छ ।

0 reads

Published on 6/10/2026

Image

Ishani Chhetri is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Ishani Chhetri

Grade 7

Roll No: 20311011

2

More Articles from

Student

Underline