सामाजिक सञ्जाल: राम्रो र नराम्रो पक्ष
आजको समयमा सामाजिक सञ्जालहाम्रो जीवनको एउटा महत्त्वपूर्ण भाग बनेको छ। फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युब, मेसेन्जर आदि सामाजिक का उदाहरण हुन्। मोबाइल फोन र इन्टरनेटको विकाससँगै यसको प्रयोग पनि धेरै बढेको छ। सामाजिक सञ्जालका केही राम्रो पक्ष छन् भने केही नराम्रो पक्ष पनि छन्।
सामाजिक सञ्जालको राम्रो पक्ष धेरै छन्। यसले टाढा रहेका मानिसहरूसँग सजिलै कुराकानी गर्न मद्दत गर्छ। हामी घरमै बसेर साथीभiइ र आफन्तसँग कुरा गर्न सक्छौँ। देश तथा विदेशमा भएका नयाँ घटनाबारे पनि छिटो जानकारी पाउन सकिन्छ। विद्यार्थीहरूले पढाइका लागि विभिन्न शैक्षिक भिडियो र सामग्री हेर्न सक्छन्। युट्युबबाट नयाँ कुरा सिक्न पनि सकिन्छ। सामाजिक सञ्जाल मनोरञ्नकाे राम्रो माध्यम पनि हो। यसबाट मानिसहरूले आफ्नो कला, गीत, नाच, चित्र तथा अन्य प्रतिभा अरूलाई देखाउन सक्छन्। व्यापार गर्ने मानिसहरूले आफ्ना सामानको प्रचार गर्न पनि सामाजिक सञ्जाल प्रयोग गर्छन्।
तर सामाजिक सञ्जालका केही नराम्रा पक्ष पनि छन्। धेरै समय सामाजिक सञ्जालच लाउँदा समय खेर जान्छ। विद्यार्थीहरूले धेरै मोबाइल चलाएमा पढाइमा असर पर्न सक्छ। यसले मानिसलाई मोबाइल चलाउने लत पनि बसाल्न सक्छ। सामाजिक सञ्जालमा कहिलेकाहीँ गलत र झुटा समाचार फैलिन्छन्। त्यस्ता समाचारमा विश्वास गर्दा समस्या आउन सक्छ। अनलाइन ठगी, साइबरबुलिङ र व्यक्तिगत जानकारी चोरी हुने खतरा पनि हुन्छ। धेरै समय मोबाइल चलाउँदा आँखामा समस्या आउन सक्छ र शारीरिक गतिविधि पनि कम हुन सक्छ। अरू मानिसको जीवनसँग आफ्नो जीवन तुलना गर्दा दुःखी हुने सम्भावना पनि हुन्छ।
त्यसैले सामाजिक सञ्जाललाई सही तरिकाले प्रयोग गर्नुपर्छ। हामीले आवश्यक कामका लागि मात्र सामाजिक सञ्जाल प्रयोग गर्नुपर्छ र समयको सीमा बनाउनु राम्रो हुन्छ। अनजान मानिससँग व्यक्तिगत जानकारी बाँड्नु हुँदैन। सामाजिक सञ्जालमा आएको कुनै पनि समाचार तुरुन्तै विश्वास गर्नु हुँदैन।
अन्त्यमा, सामाजिक सञ्जालआफैँ राम्रो वा नराम्रो होइन। हामीले यसलाई कसरी प्रयोग गर्छाैँ भन्ने कुरामा यसको प्रभाव निर्भर हुन्छ। सही र सुरक्षित तरिकाले प्रयोग गरेमा सामाजिक सञ्जालबाट धेरै ज्ञान र फाइदा लिन सकिन्छ। त्यसैले हामी सबैले सामाजिक सञ्जालको सही र जिम्मेवार प्रयोग गर्नुपर्छ।
0 reads
Published on 10/9/2026
Mahesh is a curious and disciplined student of Deerwalk Bharatpur School. He likes to read books and explore new things.
Mahesh Adhikari
Grade 9
Roll No: 30003
Deerwalk Bharatpur School
1