underline

मौलाकालिका यात्रा

Underline

Share:

शनिबारको दिन मेरा बुबाले मलाई बिहान ६:०० बजे उठाउनुभयो। उहाँले बुबा र म मौलाकालिका जाने भन्‍नुभयो। म धेरै खुसी भएँ। हामी खाना नखाईकन मौलाकालिका जाने भयौँ। मौलाकालिकाको सबैभन्दा तलपट्टि मानिसहरूले खेलौना, पानीका बोतल र खानेकुराहरू बेचिरहेका थिए। हामीले पनि दुइटा पानीको बोतल किन्याैँ र डाँडा चढ्न थाल्यौँ। केही बेरपछि, मैले एउटा ढुङ्गामा शिव भगवान्को मूर्ति देखेँ। हामी भर्‍याङ् चढेर माथि जाँदा, धेरै ढुङ्‍गाका मूर्तिहरू देख्यौँ। भर्‍याङ् चड्दा हामीलाई निकै थकाइ लाग्यो। हामीले एक एक घुट्की पानी पियौँ। हामी एकछिन देउरालीमा थकाइ मार्दै बस्यौँ। धेरै बेरपछि मेरा बुबाले उहाँको एउटा चिनेको साथीलाई देख्नुभयो। उहाँ साथीसँग चिया पिउँदै हुनुहुन्थ्यो र त्यही बेला, मैले हामी बसेको ठाउँको तलपट्टि हेरेँ त्यहाँ प्रकृतिको सुन्दर दृश्य देखेँ। मैले मेरा बुबालाई बोलाएर त्यहाँको फोटो खिचिदिन अनुरोध गरेँ। बुबाले फोटो खिचेर मलाई देखाउनुभयो। हामी त्यहाँको टुप्पोमा पुग्यौं त्यहाँ मन्दिर रहेछ। त्यहाँ हामीले जुत्ता मोजा खोलेर हातमुख धोएर पूजाआजा गरेर फर्कियौँ। मैले फर्किने बेला, केवलकार देखेँ र बुबालाई सोधे "बुबा यहाँ केवलकार रहेछ हामी किन केवलकारमा नआएको ? " बुबाले भन्नुभयो "केवलकार चढ्‍याे भने हाम्रो शरीर फुर्तिलो हुँदैन तर, हामी त हिँडेर आएका छौँ त्यसैले शरीर फुर्तिलो भयो ।" त्यसपछि हामी विस्तारै विस्तारै भर्याङ‍्का खुड्किलाहरू गन्दै गन्दै ओर्लियौँ। हामीलाई फर्किने बेलामा अझै सजिलो भयो।

6 reads

Published on 9/24/2026

Image

Shreehan is a curious and disciplined student who likes to read books and explore new things.

Shreehan Shrestha

Grade 5

Roll No: 34005

Deerwalk Bharatpur School

1