underline

माघे सङ्क्रान्ति

Underline

Share:

माघे सङ्क्रान्ति

माघे सङ्क्रान्ति नेपालीहरूको एक महत्त्वपूर्ण पर्व हो । यो पर्व हरेक वर्ष माघ १ गते मनाइन्छ । यस दिन मानिसहरू नदीमा गएर स्नान गर्छन् । भगवानकाे पूजा गर्छन् । देश तथा विदेशमा बसाेबास गर्नुहुने सम्पूर्ण नेपालीहरूले माघे सङ्क्रान्ति पर्वलाई धुमधामले मनाउने गर्छन् । माघे सङ्क्रान्तिका दिन विशेषगरी तरुल, सखरखण्ड, घिउ, चाकु, तिलको लड्डु, खिचडी आदि खाने चलन छ। थारु समुदायका लागि माघे सङ्क्रान्ति नयाँ वर्षको रूपमा मनाउँछन् । यस पर्वलाई माघी भन्दछन् । यस अवसरमा पारिवारिक भेटघाट नाचगान र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिन्छ। माघे सङ्क्रान्ति धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले महत्त्वपूर्ण पर्व हो ।

1 reads

Published on 8/31/2026

Image

Kabir is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kabir Bhattarai

Grade 5

Roll No: 34061

2

More Articles from

Student

Underline