नेपालकाे विशेषता
नेपालकाे विशेषता
हाम्राे देश नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यहाँकाे हावापानी र प्राकृतिक सुन्दरता पनि लाेभलाग्दाे किसिमकाे रहेकाे छ ।
यहाँ भएका धार्मिक तथा सांस्कृतिक सम्पदाहरूले नेपाललाई अझ सुन्दर बनाएकाे छ । नेपालीहरू अत्यन्त कर्मवीर छन् । जुनसुकै जाति वा धर्मका भए पनि सबैमा एकताकाे भावना रहेकाे छ । नेपालमा संसारकाे सबैभन्दा अग्लाे हिमाल सगरमाथा रहेकाे छ । सगरमाथाले हामी सम्पूर्ण नेपालीहरूकाे शिर उच्च बनाएकाे छ । शान्तिका अग्रदूत गाैतम बुद्धकाे जन्म पनि नेपालमा नै भएकाे हाे । नेपाल हिमाल,पहाड र तराई गरी विभिन्न क्षेत्रमा विभाजित छ । नेपालका मानिसहरूबिच एकअर्कामा सहयाेग र सद्भाव छ । विभिन्न जातिहरूकाे धर्म र सस्कार पनि फरक फरक छन् ।
नेपालकाे प्राकृतिक,सांस्कृतिक,धार्मिक र सांस्कृतिक विशेषताहरूले गर्दा नेपाल विश्वभर प्रसिद्ध छ । देशप्रेमी नेपालीहरू आफ्नाे देशप्रति सदा गर्व गर्छन् ।
0 reads
Published on 7/14/2026
Aslesha Baidya is a student of 2032. She is passionate about Performing Arts and enjoys learning through research. Outside the classroom, she loves hiking, knitting and swimming and is especially skilled at digital content creation. Known for being kind, tactful, and sober, she dreams of becoming a successful person one day. A fun fact about her: She never shows her hard work before she is confident about the results.
Aslesha Baidhya
Grade 7
Roll No: 32037
2
More Articles from
Student