शिक्षाकाे महत्त्व
शिक्षाकाे महत्त्व
शिक्षा मानिसकाे जीवनलाई दीप हाे । शिक्षाबिनाकाे जीवन अन्धकार हुन्छ । शिक्षाबिना मानिस अन्धकारमा हिँडेजस्तै हुन्छ । शिक्षाले मानिसकाे जीवनलाई उज्यालाेतर्फ लान्छ । सही र गलत छुट्याउन शिक्षाले ठुलाे सहयाेग पुर्याउँछ । शिक्षाले ने समाजमा हामीलाई राम्राे व्यवहार गर्न सिकाउँछ । शिक्षाभन्दा ठुलाे सम्पत्ति केही हुँदैन । शिक्षाले नै मानिसकाे साेचाइ परिवर्तन गर्छ । शिक्षाले मानिसलाई अनुशासित र इमानदारी बनाउँछ । शिक्षाकाे महत्त्व व्यक्तिकाे जीवनमा मात्र हाेइन परिवार र समाजमा पनि धेरै ठुलाे हुन्छ । जुन समाजमा शिक्षित नागरिक छैनन् त्यस समाजमा अन्धविश्वास कायम रहिरहन्छ । समाज वा राज्यकाे विकास गर्न शिक्षा जरुरी हुन्छ । समाजमा विभिन्न किसिमका विकृति हटाउन शिक्षा अनिवार्य हुन्छ ।
0 reads
Published on 3/11/2026
Abirup is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Abirup Raj Giri
Grade 5
Roll No: 33054
2
More Articles from
Student