मेरो विद्यालय
मेरो विद्यालयको नाम डियरवाक पोखरा स्कुल हो। यो रामघाट १० पोखरामा पर्दछ। यहाँ धेरै क्रियाकलापहरु हुन्छन् जस्तै: नृत्य, सङ्गीत, चित्रकला, खेलकुद, नाटक, कराँते र व्यायाम। मेरो विद्यालयमा पाँचवटा गाडीहरू छन् । मेरो विद्यालयमा एउटा चौतारी छ। त्यो चौतारीमा एउटा ठूलो चिउरीकाे रूख छ। रुखको पछाडि भाइबहिनीहरूका लागि पिङ र चिप्लेटीहरू रहेका छन्। मेराे विद्यालयमा ४० जना शिक्षक शिक्षिकाहरु हुनुहुन्छ। मेराे विद्यालयको वातावरण स्वच्छ र सफा छ। मेराे विद्यालयमा दुईवटा खेलमैदानहरु छन् । मेराे विद्यालयमा जे. के.जी.देखि १० कक्षासम्म पढाइ हुन्छ । मेराे विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला र पुस्तकालय जस्ता कक्षाकोठाहरू छन्। मेराे विद्यालयमा बिहान ९ बजेदेखि ४ बजेसम्म पढाइ हुन्छ। मेराे विद्यालयमा शुक्रबार सधैं प्रार्थना हुन्छ। यहाँ टाढा टाढाबाट विद्यार्थीहरु आउने गर्छन् ।
मेराे विद्यालय धेरै राम्रो छ त्यसैले मलाई मेरो विद्यालय असाध्यै मन पर्छ ।
4 reads
Published on 10/8/2026
Anirudha Singh K.C. is an enthusiastic student at Deerwalk Pokhara School who loves reading books and learning new things.
Aniruddh Sigh K.C.
Grade 4
Roll No: 35018
Deerwalk Pokhara School
1