नेपाल सुन्दर देश हो। नेपाल एसिया महादेशमा पर्दछ। नेपालको राजधानी काठमाडौँ हो। नेपालको राष्ट्रिय झण्डा अरू देशको भन्दा फरक छ। नेपालमा अग्ला हिमाल, हरिया पहाड र समथर तराईका भूभाग छन्। नेपाललाई संसारभरि सगरमाथा र भगवान् बुद्धको देश भनेर चिनिन्छ। नेपालमा सबै जातजाति र भाषाभाषीका मानिसहरू मिलेर बस्छन् ।