गाईजात्रा
गाईजात्रा नेपालकाे ठुलाे चाड हाे । याे रमाइलाे चाड पनि हाे । यसलाई मानिसकाे मनकाे दु:ख हटाउने चाडका रूपमा पनि मान्ने गरिन्छ । यसलाई नराम्रा कुराहरूप्रति व्यङ्ग्य गर्ने चाडका रूपमा पनि मानिन्छ । गाईजात्रा साउन वा भदाै महिनामा पर्छ । याे चाड जनै पूर्णिमाकाे भाेलिपल्ट पर्छ । विशेष गरी नेवार समुदायले याे पर्व मनाउने गर्छन् । गाईजात्रा मनाउन थालेकाे झण्डै चार सय वर्ष भयाे । यसकाे थालनी त्यस बेलाका राजा प्रताप मल्लले गरेका हुन् ।
राजा प्रताप मल्लका छाेरा चक्रवर्तिन्द्र मल्लकाे मृत्यु भएपछि रानी अति नै दुखी भइन् । राजाले रानीलाई सबैका आफन्त मर्छन् भनेर सम्झाए । यसबाट रानीकाे चित्त बुझेन राजाले जस जसका घरमा आफन्तकाे मृत्यु भएकाे छ । ती सबैका घरबाट गाईजात्रा निकाल्ने हुकुम गरे । यसपछि सबैले वर्षभरी मरेका आफन्तका सम्झनामा गाईजात्रा निकाले । त्याे देखेपछि रानीकाे मनमा सान्त्वना मिल्याे ।
गाईजात्रा हाम्राे पुरानाे संस्कृति हाे । यसलाई आधार मानेर मरेका आफन्तलाई सम्झन पाइन्छ । दु:ख र पीडालाई पखाल्न पाइन्छ ।
8 reads
Published on 10/1/2026
Reyans Bogati is a student at Deerwalk Pokhara School. A creative and hardworking student, he actively enjoys playing futsal.
Reyans Bogati
Grade 4
Roll No: 35016
Deerwalk Pokhara School
2
More Articles from
Student