मेरो रमाइलो यात्रा
गर्मी बिदामा म परिवारसँग काठमाडौँ घुम्न गएकी थिएँ। हामी बिहानै कार चढेर पोखराबाट काठमाडौँका लागि निस्कियौँ । बाटोमा हरिया डाँडा, नदी र सुन्दर बस्तीहरू देखिए । ती कुराहरुले मेरो मन निकै रमायो। काठमाडौँ पुगेपछि हामी पशुपतिनाथ मन्दिर दर्शन गर्न गयाैँ त्यसपछि स्वयम्भूनाथ र दरबार स्क्वायर पनि घुम्याैँ ।
मैले त्यहाँका पुराना मन्दिर, कला र संस्कृति देखेर धेरै नयाँ कुरा सिकेँ। हामीले स्वयम्भूनाथबाट काठमाडौँ सहरको दृश्य पनि हेर्यौँ। हामीले विभिन्न ठाउँमा फोटा खिच्यौँ र स्वादिष्ट खाना खायौँ। परिवारसँग नयाँ ठाउँ घुम्न पाउँदा मलाई धेरै खुसी लाग्यो ।
यो यात्राले मलाई हाम्रो देशको संस्कृति, कला र सम्पदाबारे जान्ने अवसर दियो। मेरो काठमाडौँ यात्रा निकै रमाइलो र सम्झन लायक भयो। म फेरि पनि काठमाडौँ घुम्न जान चाहन्छु।
3 reads
Published on 10/2/2026
Shreesha Timilsina is a student at Deerwalk Pokhara School. She is passionate about dancing, art, and Taekwondo.
Shreesha Timilsina
Grade 3
Roll No: 36001
Deerwalk Pokhara School
1