मेरो मनको रहस्य
मेरो मनको रहस्य
खै को हौ तिमी, जूनझैँ टाढा भएर पनि नजिक लाग्ने,
एक पल नदेख्दा पनि सधैँ सम्झनामा जाग्ने।
तिम्रो नाम सुन्नासाथ मुटु मुस्कुराउँछ,
तिमीसँग बितेको हरेक क्षण जीवनकै सुन्दर कथा बन्छ।
खै को हौ तिमी, मेरो मनको रहस्य बनेर आयौ,
सायद प्रेम नै हौ तिमी, जो चुपचाप मुटुभित्र बस्न आयौ।
तिम्रो त्यो चाल र ढालसँगै तिम्रो त्यो गहिरो मनमा रमाउँछु,
तिम्रो त्यो नशालु आँखाको गहिराइमा डुब्दै जान्छु।
आफूलाई नदी, तिमीलाई सागर लेख्छु,
अन्ततः तिमीमै समाहित हुने छु,
मैले तिमीलाई त्यसै मन पराएको कहाँ हो र?
तिम्रो सुन्दरता, तिम्रो भित्रको निस्वार्थता...
तिमी जगमगाइरहन्छौ, तिमी मग्मगाइरहन्छौ।
तिमी सत्य, सुन्दर र शान्तिको प्रतीक हौ,
यो सत्य भनिदेऊ न संसारलाई,
सबै जना जानैपर्छ, सबै जना मर्नैपर्छ।
त्यसैले, नमरुन्जेल ममाथि आफ्नो बास्ना छरिराख है,
र मलाई अन्तिम श्वाससम्म पनि प्रेम गर्न नछोड है !
4 reads
Published on 8/25/2026
Ayam Bhattarai is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Ayam Bhattarai
Grade 11
Roll No: 28049
1