underline

मेहनती परिवार

Underline

Share:

एउटा पुरानो गाउँ थियो। त्यो गाउँ अलि अँध्यारो र शान्त थियो। त्यहाँ एउटा परिवार बस्थ्यो। परिवारका सदस्यहरू सानो घरमा बस्ने गर्थे। परिवारका सबै सदस्यहरू मिलेर बस्थे र धेरै खुसी थिए। उनीहरूलाई कुनै कुराको धेरै अभाव थिएन।

एकदिन अचानक ठुलो भुइँचालो आयो। भुइँचालोले गाउँका धेरै घरहरू भत्कायो। उनीहरूको घर पनि पूर्ण रूपमा नष्ट भयो। त्यसपछि उनीहरू धेरै दुःखी भए। गाउँका केही मानिसहरूले उनीहरूलाई जिस्क्याउने गर्थे। तर त्यो परिवारले अरूको कुरा मतलब गरेन।

उनीहरू मेहनत गर्न जान्दथे। बिहानदेखि बेलुकासम्म काम गर्थे। बिस्तारै उनीहरूको जीवन फेरि राम्रो हुँदै गयो। केही महिनापछि उनीहरू सफल र धनी भए। गाउँका अरू मानिसहरूले पनि उनीहरूजस्तै बन्न खोजे, तर सफल हुन सकेनन्। किनभने उनीहरूसँग राम्रो सिप र मेहनत गर्ने बानी थिएन।

पछि उनीहरूले सानो उमेरमै मेहनत र सिप सिक्नुपर्ने रहेछ भन्ने कुरा बुझे। तर त्यो महसुस गर्न उनीहरूलाई धेरै ढिलो भइसकेकाे थियाे।

1 reads

Published on 5/25/2026

Image

Paribesh is a student at Deerwalk Sifal School who loves exloring diverse topics and spends his time in creative work.

Paribesh Subedi

Grade 6

Roll No: 33065

3

More Articles from

Student

Underline