मेरो देश नेपाल
मेरो देश नेपालको झन्डा त्रिकोणात्मक छ । यो देशमा अनेकौँ भाषा बोलिन्छन् जस्तैः नेपाली नेवारी, भोजपुरी, थारु आदि । नेपालको झन्डामा माथि चन्द्र र तल सूर्य अङ्कित छ । नेपालको झन्डामा रातो, निलो, सेतो रङ हुन्छन् । नेपालको राष्ट्रिय चिह्नहरू झन्डा, सिम्रिक रङ, गाई, निशान छाप, लालीगुराँस र डाफेँ हुन् । नेपाल भारत र चीनको बिचमा छ। नेपालका भू-भागलाई तीन भागमा विभाजन गरिएका छन् । ती हिमाल, पहाड र तराई हुन् । संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा नेपालमा छ। गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मनुभएको हो । मलाई मेराे देश प्याराे लाग्छ ।
3 reads
Published on 9/7/2026
Adity Vaidya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Adity Vaidya
Grade 4
Roll No: 35043
2
More Articles from
Student