underline

सुगन्ध

Underline

Share:

फूल फुल्छन् बाग, बास्ना मिठो छर्छन्

चिरबिर चरी राग, सबै जन रम्छन् ।

देखेर यो मन, साह्रै नै लोभ्याउँछ

रस मिठो पिएर, मौरी मह बनाउँछ ।

पुतली र भमरा, वरिपरि नाच्छन्

फूलसँगै खेल्छन्, अनि सधैँ रम्छन् ।

सूर्यको किरण, जब फूलले पाउँछ

शीतसँगै हाँसी, फूल झन् मुस्काउँछ ।

साना साना कमिला, सधैँ काम गर्छन्

ताँती एकतामा, ठुलो भारी बोक्छन् ।

हामी पनि त्यसै, अघि बढी रहौँ

कठिन परिस्थिति, हाँसेरै सहौँ ।

पात र हाँगा, हावासँगै नाच्छन्,

निलो आकाशमा, पन्छीहरू झुम्छन् ।

प्रकृतिको उपहार, काख कति विशाल,

हरेक मौसममा, फेर्छ यसले त्यो चाल ।

धरती माता हाम्री, हरियाली ओड्छिन्,

नदी झरना बनी, माया सधैं बाँड्छिन्।

संसार यो सुन्दर, अनेक रूप फेर्छिन्,

आशा धैर्य गर्न, हामीलाई सिकाउँछिन्।

फूल जस्तै हाँसौँ, मिठो बोली बोलौँ,

माया-दया बाँडौँ, असल काम गरौँ ।

फूल जस्तै बनी, मधु सुगन्ध छरौँ,

फूल सरी बनी, मधु सुगन्धी बनौँ ।

9 reads

Published on 9/30/2026

Image

Adhyanta Baral is a talented student at Deerwalk Pokhara School. He has a special interest in poem recitation.

Aadhyant Baral

Grade 3

Roll No: 36002

Deerwalk Pokhara School

1