underline

मनको डायरी

Underline

Share:

एउटा सानो र सुन्दर गाउँमा समीर नामका एक मानिस बस्थे । उनी निकै शान्त स्वभावका थिए । उनी सधैँ बेलुकीपख गाउँको चौतारीमा बस्थे र आफ्नो मनका कुराहरू एउटा सानो डायरीमा लेख्‍ने गर्थे। समीरको एउटा अनौठो बानी थियो। उनले हरेक रात सपनामा एउटा जादुवाला ऐना देख्थे। त्यो ऐनाले उनलाई भविष्यका घटनाहरू देखाइदिन्थ्यो । सुरुसुरुमा त उनलाई ती कुरामा कुनै वास्ता नै लागेन तर पछि अचम्मको कुरा, उनले सपनामा देखेका कुराहरू वास्तविक जीवनमा पनि मिल्न थालेका थिए। यो अनौठो कुरा समीरले कसैलाई पनि भनेका थिएनन्। उनलाई यो कुरा गोप्य नै राख्‍न मन थियो। एक साँझ समीर चौतारीमा बसिरहेको बेला उनका अगाडि एक जना वृद्ध मानिस आइपुगे। ती वृद्धले समीरको काँधमा हात राख्दै भने, “समीर, मनका सबै कुरा संसारलाई सुनाउनु हुँदैन, मनका सबै कुराहरू अरूलाई सुनाउनु भनेकाे अर्काकाे नजरमा आफू कमजाेर हुनु हाे त्यसैले सुन, केही कुराहरू केवल आफ्नाे लागि मात्र हुनुपर्छ। यो तिम्रो मात्र कथा हो।” यति भनेर ती वृद्ध अचानक गायब भए । यसपछि समीरले आफ्ना मनका कुरा कहिले पनि विचार नगरी अरुलाई सुनाएनन् ।

1 reads

Published on 10/8/2026

Image

Sunaina is a curious and disciplined student of Deerwalk Bharatpur School. She likes to read books and draw pictures.

Sunaina Sapkota

Grade 6

Roll No: 33006

Deerwalk Bharatpur School

1