आफ्नाे बारेमा
आफ्नाे बारेमा
मेरो नाम रिन्छेन लामो योन्जन हो। म बौद्धमा बस्छु। म कक्षा १ मा पढ्छु। मेरो स्कुलको नाम डियरवाक हो। मेरो स्कुल सिफलमा छ। मलाई गुलाबी रङ मन पर्छ। मलाई म:म खान मन पर्छ । मलाई स्कुल जान मन पर्छ । मेरो मन पर्ने विषय नेपाली हो । मेरो मिल्ने साथीको नाम वियाना हो । मेरी आमाको नाम शोभा हो। मेरो बुबाको नाम भोला हो। मेरो दाजुको नाम हयोन्देन हो। मलाई तेक्वान्दो खेल्न मन पर्छ । म सानालाई माया गर्छु । म ठुलालाई सम्मान गर्छु। म धेरै पढ्छु र ठुलो मान्छे भएपछि शिक्षक बन्ने छु। म धेरै पढेर बुबाआमालाई सहयोग गर्छु ।
1 reads
Published on 8/13/2026
Rinchhen Lamo Younjan is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Rinchhen Lamo Younjan
Grade 1
Roll No: 38031
1