मेरी आमा
मेरी आमा
मेरी आमाको नाम सिर्जना तिमल्सिना हो। उहाँ ३६ वर्षको हुनुभयो। उहाँ मायालु र दयालु हुनुहुन्छ। उहाँ धेरै राम्री पनि हुनुहुन्छ। उहाँ विद्यालयमा पढाउनुहुन्छ । उहाँ मिहिनेती हुनुहुन्छ । उहाँलाई खेल्न, पढ्न, कविता लेख्न र चित्र बनाउन मनपर्छ। उहाँ मलाई मिठा मिठा खानेकुरा बनाएर खुवाउनुहुन्छ र मलाई पढ्न अनि गृहकार्य गर्न सिकाउनुहुन्छ । उहाँलाई सेल रोटी, दाल,भात र तरकारी मनपर्छ । मेरी आमा संसारकै प्यारी आमा हुनुहुन्छ। उहाँ हाम्रो परिवारको रेखदेख गर्नुहुन्छ। उहाँ मलाई धेरै माया गर्नुहुन्छ । म पनि उहाँलाई उत्तिकै माया र सम्मान गर्छु ।
2 reads
Published on 9/18/2026
Sadbhav is gentle and kind. He likes reading books and drawing pictures.
Sadbhav Raut
Grade 3
Roll No: 36011
Deerwalk Bharatpur School
1