नेपालमा लगातार वर्षा र बाढीपहिरो
नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो। यहाँका हिमाल, पहाड, नदी र हरियालीले सबैको मन लोभ्याउँछन्। तर केही दिनदेखि नेपालका धेरै ठाउँमा लगातार पानी परिरहेको थियाे। यसका कारण विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानको समस्या देखिएको थियाे। वर्षाले गर्दा मानिसहरूको दैनिक जीवनमा पनि धेरै असर परेको थियाे। कतिपय मानिसले आफ्नो घर छाेडेर सुरक्षित ठाउँमा जानुपर्ने अवस्था आएको थियाे।
लगातार पानी परेकाे थियाे । देशका विभिन्न खाेला र नदीमा पानीको सतह बढेको थियाे। नारायणी र कालीगण्डकी नदी खतराको तहभन्दा माथि पुगेका थिए। त्यस्तै, सेती, मादी, मर्स्याङ्दी, दरौँदी र चेपे नदीमा पनि पानीको सतह चेतावनीको तहभन्दा माथि पुगेको थियाे। बूढीगण्डकी र त्रिशूली नदीमा समेत पानी बढिरहेको थियाे। विशेषगरी चितवन र नवलपरासीका नारायणी नदी आसपासका बस्तीमा बाढी पस्ने डर बढेको थियाे। त्यसैले त्यहाँका मानिसहरूलाई सुरक्षित र अग्लो ठाउँमा जान आग्रह गरिएको थियाे। नदीमा पानीको बहाव बढ्दै जाँदा आसपासका बस्तीमा बस्ने मानिसहरू चिन्तित भएका थिए।
वर्षाका कारण अन्य ठाउँमा पनि ठूलो क्षति भएको थियाे। पर्वतको कुश्मा र बाग्लुङ जोड्ने मध्यपहाडी राजमार्गको एक भाग कालीगण्डकी नदीले बगाएको थियाे। यसले गर्दा यातायातमा समस्या भएको थियाे। पोखराको बिरौटालगायतका ठाउँमा पनि बाढी र डुबानको समस्या देखिएको थियाे। बाग्लुङमा पहिरोमा पुरिएर एउटै परिवारका चार जनाले ज्यान गुमाएका थिए। यस्तो दुःखद घटनाले धेरै मानिसलाई मर्माहत बनाएको थियाे। बाढीपहिरोका कारण घर, सडक, पुल र खेतीयोग्य जमिनमा समेत क्षति पुगेको थियाे। आफ्नो घर र परिवारको सुरक्षालाई लिएर धेरै मानिस चिन्तित थिए।
यस्तो अवस्थामा हामी सबैले सावधानी अपनाउनुपर्छ। नदीमा पानी बढेको बेला नदी किनारमा जानु हुँदैन र बाढी आएको नदी तर्नु हुँदैन। पहिरो जान सक्ने ठाउँमा बसोबास गर्ने मानिसहरू पनि सचेत हुनुपर्छ। सरकारले जोखिममा रहेका मानिसहरूलाई सुरक्षित ठाउँमा सार्नुका साथै आवश्यक राहत र सहयोग उपलब्ध गराउनुपर्छ। प्राकृतिक विपत्ति आउँदा एकअर्कालाई सहयोग गर्नु पनि हाम्रो जिम्मेवारी हो। वर्षा कहिले रोकिन्छ भन्ने कुरा हाम्रो हातमा नभए पनि सावधानी अपनाएर धेरै क्षति हुनबाट बच्न सकिन्छ। त्यसैले यस्तो कठिन समयमा सबैजना सचेत बनौँ र एकअर्काको सहयोग गरौँ।
3 reads
Published on 10/4/2026
Nisha is a curious and disciplined student of Deerwalk Bharatpur School who likes to read books and explore new things.
Nisha Gurung
Grade 9
Roll No: 30005
Deerwalk Bharatpur School
1