underline

दसैँ चाड

Underline

Share:

दसैँ चाड

दसैँ हाम्रो देश नेपालमा मनाइने सबैभन्दा ठुलो र रमाइलो चाड हो। यो चाड विशेष गरी असत्यमाथि सत्यको विजय भएको खुसीमा मनाइन्छ। यस बेला विद्यालयमा पनि बिदा हुन्छ र सबै परिवारका सदस्यहरू एकै ठाउँमा भेला हुन्छन्। दसैँमा हामी घर सफा गर्छौँ, नयाँ लुगा किन्छौँ र मिठा-मिठा परिकार खान्छौँ। बडादसैँको दिनमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन्छौँ। आफन्त र साथीभाइसँग भेटघाट गर्दा धेरै रमाइलो हुन्छ।

दसैँले हामीलाई परिवारप्रतिको माया, ठूलाबडाप्रतिको सम्मान र आपसी मेलमिलापको महत्त्व सिकाउँछ। यस अवसरमा सबैले खुसी साटासाट गर्छन् र एकअर्कालाई शुभकामना दिन्छन्।

मलाई दसैँ चाड धेरै मन पर्छ। यो चाडले परिवारसँग समय बिताउने, रमाइलो गर्ने र नयाँ ऊर्जा प्राप्त गर्ने अवसर दिन्छ। त्यसैले हामीले दसैँलाई सभ्य, सुरक्षित र हर्षोल्लासका साथ मनाउनुपर्छ।

3 reads

Published on 7/13/2026

Image

Aarambhi Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aarambhi Shrestha

Grade 6

Roll No: 33060

1