ओझेलमा योग्यता, ओरालोमा देश
पिएरै विष झैँ यहाँ गुण सबै फाल्छन् कुनियतले।
हल्लाउँछन् देशको जगै सधैँ छली राजनीतिकै रूपले
बुझनू के अब योजना र नीतिको मसी सबै पोखियो
योग्यता सब ओझेल परेछ यहाँ सत्ताको खेलमा थिचियो।
हिमालदेखि तराईसम्मै बग्ने नदी झैँ क्षमता छ त।
सुक्दै छन् सपना विकासका सबै पाएका छैनन् यहाँ पद।
जडीबुटी र प्रकृति बुझेर नि काम छैन केही अहो।
झुटा आश्वासन र स्वार्थको पछि देशको दुर्दशा भयो।
भ्रष्टाचारको दबदबा रोक्नलाई कसले चाल्ने कदम अब?
रूख काट्ने बञ्चरोले घाँस काट्ने विसङ्गति छ यहाँ सब
जाति र धर्ममा अलमल्याएर भोटको राजनीति भयो
योग्य जनहरू पलायन भए देशको भविष्य कता गयो ?
साना कोपिलाहरू फूल्न खोज्छन् अवसर पाए देशमै।
नपाए सिप र योग्यता बेच्न जान्छन् परदेशी भेषमै
भोलिको सुनौलो भविष्य भन्दै आज त अलपत्र छ
योग्यताको कदर नहुने ठाउँमा उज्यालो कसरी आउँछ ?
लङ्गुरले बुझ्न सक्दैन कहिल्यै अङ्गुरको स्वाद र गुण।
देशको व्यथा र गौरव गाथा लेख्ने कसरी यो मन ?
स्वाभिमानले कसरी भनूँ म वीरको अमर गाथा ?
योग्य जनले अवसर नपाउँदा दुख्छ मेरो देशको व्यथा।
1 reads
Published on 9/11/2026
Krishna Chaudhary is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Krishna Chaudhary
Grade 11
Roll No: 28083
1