वातावरण संरक्षण
वातावरण संरक्षण
हामी वरिपरिको हावा, पानी, माटो, वनस्पति र जीवजन्तु मिलेर वातावरण बनेको हुन्छ। स्वस्थ जीवनका लागि स्वच्छ वातावरण आवश्यक हुन्छ। आजकल वातावरण प्रदूषण बढ्दै गएको छ। यसले मानिस, जनावर र वनस्पतिलाई नराम्रो असर पुर्याएको छ।
वातावरण संरक्षण गर्न हामीले रूख रोप्नुपर्छ। जथाभावी फोहोर फाल्नु हुँदैन। प्लास्टिकको प्रयोग कम गर्नुपर्छ। पानी, बिजुली र प्राकृतिक स्रोतको सही उपयोग गर्नुपर्छ। विद्यालय र घर वरिपरि सफा राख्नु हाम्रो कर्तव्य हो।
हामीले अरूलाई पनि वातावरण सफा राख्न प्रेरित गर्नुपर्छ। सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। स्वच्छ वातावरण भएमा हामी स्वस्थ रहन सक्छौँ।
त्यसैले वातावरण संरक्षण गर्नु सबैको साझा जिम्मेवारी हो। आजबाटै हामीले वातावरण जोगाउने बानी बसाल्नुपर्छ।
1 reads
Published on 9/7/2026
Yaggesh Dhungana is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Yaggesh Dhungana
Grade 6
Roll No: 33071
1