underline

मेरो जन्मभूमि

Underline

Share:

मेरो जन्मभूमि

स्याङ्जा जिल्ला अर्जुन चौपारी गाउँपालिका वडा नं ५ काभ्रे जुन मेरो प्यारो जन्मभूमि हो। चारैतिरको हरियाली मनोरम दृश्य चाँदी जस्तै टल्कने हिमाल साँच्चिकै मन लोभ्याउने देखिन्छ । अग्लो डाँडामाथि रहेको धार्मिक स्थल डहरे देउराली र जाँदा जाँदै बाटोमाथि पर्ने रापाकोट देवीको मन्दिर हाम्रा धार्मिक आस्थाका धरोहर हुन् । चिसो हावापानी र चराचुरुङ्गीको मधुर ध्वनिले मनभित्र आनन्दको अनुभूति गराउँछ। पोखराबाट करिब तीन घण्टाको बसको यात्रामा पुगिने मेरो जन्मभूमि वास्तवमा स्वर्ग जस्तै लाग्छ। ढुङ्गा, माटो र काठबाट निर्माण गरी जस्ताको पाताले छाइएका घरहरू निकै सुन्दर देखिन्छन्। ढुङ्गा छापेर बनाइएका उकाली र ओराली बाटोहरू र आरामका लागि बनाइएका छहारी दिने चौतारीहरुले सबै मानिसको मन तानिरहेको हुन्छ साथै मेरो मनमा छुट्टै उमङ्ग गराउँछ । हिमालको चिसो सिरेठोले भने मेरो शरीर शिरिङ्ग हुन्छ । खासै डाले घाँसको रुख नपाइने तर प्रशस्त बाँस र निगालो पाइने यस ठाउँमा अम्रिसो पनि निकै फस्टाउँछ। यस्ताे सुन्दर गाउँमा जन्मिएकि म पोखरामा बसेपनि मेरो जन्मभूमिको यादले मन छटपटाइरहेको हुन्छ ।

9 reads

Published on 9/22/2026

Image

Dipsha Poudel is a student at Deerwalk Pokhara School who enjoys reading books and writing articles on diverse topics.

Dipsha Poudel

Grade 2

Roll No: 37006

Deerwalk Pokhara School

1