मेरो घर
मेरो घर मूलपानीमा छ। मेरो घरमा हामी चारजना म, मेरा बुबाआमा र बहिनी बस्छौँ। मेरो घरमा सातवटा कोठा छन् । मेरो घर सेतो र सुन्तला रङ्गको छ । मेरो घरमा धेरै खेलाैना र सामानहरू छन् । मेरो घर बाहिर बगैँचा छ । त्यहाँ धेरै राम्रा फूल फुलेका छन् । त्यहाँ पुतलीहरू पनि आउँछन् । मेरो घरमा एउटा बिरालो र त्यसको बच्चा छ । बच्चा बगैँचामा बस्छ । मेरो बुबा कहिलेकाहीँ घरमा भएको बेलामा अफिसको काम घरबाटै गर्नुहुन्छ । मेरो घरको कौसीमा पिङ छ र मलाई त्यो पिङमा खेल्न मन पर्छ । मलाई मेरो घर असाध्यै रमाइलो लाग्छ।
3 reads
Published on 9/21/2025
Khushi Pokharel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Khushi Pokharel
Grade 3
Roll No: 35012
7