underline

हाम्रो कक्षाकोठा

Underline

Share:

हाम्रो कक्षाकोठा सफा र सुन्दर छ । हाम्रो कक्षाकोठाको भित्तामा पढ्ने कुराहरू टाँसिएका छन् । हाम्रो कक्षाकोठामा सेतोपाटी , भित्ते घडी , रातो, निलो, पहेँलो, गुलाबी, हरियो र बैजनी रङका गोलाकार टेबलहरू छन् । यहाँ टेबलकै रङ भएका कुर्सीहरू पनि छन् । यस्ता रङ्गीन टेबल र कुर्सीहरूले गर्दा कक्षाकोठा झनै राम्रो देखिन्छ। हामी घर फर्कने बेलामा पनि कक्षाकोठामा भएका फोहरहरूलाई टिपेर डस्टबिनमा फाल्छौँ अनि आफ्ना टेबल र कुर्सीहरूलाई राम्रोसँग मिलाएर मात्र घर जान्छौँ । त्यसैले हाम्रो कक्षाकोठा आकर्षक, मनमोहक र चिटिक्क परेको देखिन्छ ।

0 reads

Published on 9/28/2026

Image

Shibani Aryal is a curious learner. She loves reading books and exploring new things.

Shibani Aryal

Grade 2

Roll No: 37009

Deerwalk Bharatpur School

1