पृथ्वी बचाऔँ
पृथ्वीको चारैतिर फिँजिएको हावालाई वातावरण र दूषित पार्ने कामलाई 'प्रदूषण' भनिन्छ। यसरी 'वातावरणप्रदूषण' भन्ने शब्दले पृथ्वीको चारैतिर फिँजिएको हावालाई दूषित पार्ने काम भन्ने अर्थ बुझाउँछ । त्यसरी हेर्दा 'वातावरणप्रदूषण' भन्नाले हावापानी तथा भूमिको भौतिक, रासायनिक तथा जैविक विविधतामा भएको अनावश्यक परिवर्तन भन्ने बुझिन्छ र त्यसअन्तर्गत हावापानीको प्रदूषण, भूमिको प्रदूषण, ध्वनिप्रदूषण, रेडियोधर्मी प्रदूषण र तापीय प्रदूषण आदि पर्न आउँछन् । यसरी हावापानी, ध्वनि, भूमि र तापीय प्रदूषणबाट निस्केको समाधान गर्न गाह्रो पर्ने वा कुनै रूपबाट पनि समाधान निकाली पूरा गर्नुपर्ने जटिल अवस्थाचाहिँ 'वातावरणप्रदूषणको समस्या' हो भने 'समाधान' भनेको त्यस्तो वातावरणीय प्रदूषणबाट निःसृत समस्याको निवारण हो।
वातावरण प्रदूषभित्र हावा-पानी, भूमि, ध्वनि, रेडियोधर्मी प्रदूषण र तापीय प्रदूषण पर्न आउँछन् जसले रासायनिक तथा जैविक विविधतामा अनावश्यक परिवर्तन ल्याउँछन्। विभिन्न उद्योगधन्दा एवम् जनघनत्वका कारण हावापानीको प्रदूषण; आविक शस्त्रास्त्रको निर्माण र पृथ्वीभित्र गरिने तिनको परीक्षण, रासायनिक मलको प्रयोग र वनजङ्गलको विनाशबाट भूमिको प्रदूषण; उद्योगधन्दा र सवारीसाधनका चर्का र ठुला-ठुला आबाजहरूबाट ध्वनिको प्रदूषण र आर्णावक विस्फोटन तथा कीटनाशक औषधि आदिको प्रयोगबाट रेडियोधर्मी प्रदूषण एवं ओजोन तहको विनाशले गर्दा सूर्यबाट सोझै आउने किरणहरूले तापीय प्रदूषण बढाई आज उल्लिखित सबै क्षेत्रमा अवाञ्छित परिवर्तन भइरहेको छ जसले सर्माष्टमा वातावरणप्रदूषणको अभिवृद्धि भई जटिल समस्यासिर्जना गरेको छ।
वातावरणप्रदूषण आज विश्वव्यापी समस्या बनेर उपस्थित भएको छ। आजको विश्वमा विकसित वा अविकसित राष्ट्र नै किन नहोऊनः हरेक राष्ट्र वातावरणीय समस्याबाट पिरोलिइरहेका छन् र वातावरणप्रदुषणको समस्यानिराकरण निम्ति प्रत्येक मुलुकले आ-आफ्नो क्षेत्रबाट ठूलै पहल गरिरहेका छन्। विश्वका विकसित र सम्पन्न राष्ट्रहरू आर्थिक विकासको दरबाट सिर्जित वातावरणीय समस्याबाट उत्पीडित देखिन्छन् भने अविकसित वा विपन्न राष्ट्रहरू र त्यहाँका जनता आ-आफ्ना स्रोतको उपयोग गर्ने प्रक्रिया एवं ती स्रोतको उपयोग गर्न असफल भएका कारणबाट सिर्जिएको वातावरणीय समस्याको जन्जालमा फसेका छन्। विकसित मुलुकहरूमा भएका आर्थिक विकास, औद्योगिकीकरण, आणविक परीक्षण जस्ता क्रियाकलापहरूले धर्तीलाई नै अनुर्वर बनाइरहेका छन् भने अविकसित मुलुकहरू आर्थिक विकास गर्ने हतारमा कुद्ने क्रममा वातावरणसंरक्षणलाई गौण महत्त्व दिई धर्तीको बन्ध्याकरणमा ल्याप्चे लगाइरहेका छन्। यस्ता र यिनै समस्याहरूलाई निराकरण गर्ने अभिप्रायले 'रियो द जेनेरियो'मा सम्पन्न 'पृथ्वी सम्मेलन' र सन् १९५२ मा स्वीडेनको राजधानी 'स्टकहोम' मा सम्पन्नवातावरणसम्बन्धी स्टकहोम विश्वसम्मेलनले वातावरणीय असन्तुलनबाट गम्भीर प्रभाव पैदा भएको र त्यसको समाधानका लागि विश्वले नै सचेततासाथ पहल गर्नुपर्ने तथ्यलाई उजागर गरेका हुन्।
यान्त्रिकीकरण, औद्योगिकीकरण र प्रकृतिको बन्ध्याकरणबाट आज विश्वभर वातावरणीय समस्या विकराल बनेको हो। कुनै पनि कार्य यान्त्रिक किसिमले गर्नका निमित्त यन्त्र जुटाउने अवस्था यान्त्रिकीकरण हो र औद्योगीकरण भनेको विभिन्न कल कारखाना तथा उद्योगधन्दाको स्थापना तथा सञ्चालन गरेर देशलाई उद्योगप्रधान गराउने कार्य हो। यही यान्त्रिकीकरण-औद्योगीकरणको प्रवृत्ति आज प्रदूषणको एक प्रमुख कारक बनेको छ। कारखानाहरूबाट निस्कने चिम्नीका धुवाँले वरिपरिको वातावरणलाई खग्रास पारेको छ भने विभिन्न उद्योगधन्दाहरूमा प्रयुक्त हुने तेल, ग्याँस तथा मोटरहरूबाट निस्कने आवाज र धुवाँले वायुप्रदूषण-ध्वनिप्रदूषणको वृद्धि भई आजको वायुमण्डललाई नै कुइरीमण्डल र कोलाहलमय तुल्याइदिएको छन्। यतिमात्र होइन, विकसित राष्ट्रहरूमा चलेको आणविक शस्त्रास्त्रनिर्माण र परीक्षणको होडबाजीले पृथ्वीको गर्ममा रहेको उर्वरतालाई नै बाँझो बनाइरहेको छ र भूमिप्रदूषण बढाइरहेको छ। अविकसित मुलुकहरूमा भएको अव्यवस्थित वनजङ्गलको विनाशले पनि धर्तीको रूप कुरूप मात्र होइन क्षत-विक्षत भएको छ।
प्राकृतिक सन्तुलन बिग्रन नदिन वन-कटान पूर्णतः रोकिनै पर्छ अविकसित मुलुकहरूमा इन्धनको प्रमुख स्रोत वनजङ्गल नै भएकाले एउटा रूख काट्ने व्यक्तिले दुईटा रुख रोपेर हुर्काउनै पर्ने परिस्थिति सिर्जना गर्नेतर्फ सरकारले पहल गर्नुपर्छ।
0 reads
Published on 11/13/2025
Darshika is a creative student who loves deriving meaningful insights from her experiences and expressing them through writing, art, and discussion.
Darshika Shrestha
Grade 12
Roll No: 26010
4