मेरो देश नेपाल
मेरो देश नेपाल
नक्सा छ सानो भूमि छ सानो सानै छ नेपाल
शिवको सृष्टि बुद्धको दृष्टि छ उच्च हिमाल (१)
बलभद्र भक्ति अमर भिमसेनले दिए बलिदान
टेकाए घुँडा अङ्ग्रेजलाई बचाए स्वाभिमान (२)
कवि र वीरहरूको कलम खुकुरीको धार
झुकेनन् बरु ज्यानै पो दिन भैहाले तयार (३)
सिउँदोमा अटल सगरमाथा , वीरको रगत
नेपाली भन्नू संसारभरि उच्च छ जगत (४)
सीताको जन्म, बुद्धको ज्ञान स्वर्ग हो यो देश
नेपाली हाम्रो गौरव गाथा विश्वमै विशेष (५)
दुःख र सुख जे परे पनि हाँसेर साट्नेछौँ
सयौँ थरी फूल एउटै माला नेपाली गाँस्नेछौँ (६)
नक्सा छ सानो भूमि छ सानो सानै छ नेपाल
मन छ ठूलो संस्कार ठूलो ज्ञान छ विशाल (७)
2 reads
Published on 9/18/2026
कर्णजी सेढाई कक्षा आठमा पढ्ने मिहिनेती तथा सृजनशील विद्यार्थी हुन्। उनमा कविताप्रति अत्यन्तै रुचि छ साथसाथै कवितावाचनमा पनि उनी उत्कृष्ट छन्।
Karnajee Sedain
Grade 8
Roll No: 311004
Deerwalk Dhading School
1