बाबा
निकै प्यारो अनि ओजिलो शब्द बाबा
सन्तान र परिवारको बोझ उठाउँदा उहाँलाई हुँदैन दु:खको थाहा ।
सन्तान र परिवारको बुझेर मर्म दिन रात नभनी गर्नुहुन्छ कर्म ।
बगैँचाका फूल हामी बाबा त्यसका माली
हामीलाई ठुलो बनाउने सपनामा रहन उहाँको हात खाली ।
चाडबाड अनि पर्वहरुमा आउँछ हामीलाई हर्ष
आफ्नो लागि भन्दा पनि गर्नुहुन्छ परिवारको लागि खर्च ।
बाबा हाम्रो घरको मुख्य पिलर अनि खम्बा ।
परिवारको खुसीको लागि गर्नुहुन्छ दुई चार पैसा जम्मा ।
कहिले पिटाइ त कहिले माया घरको वृक्ष
आफू बनी दिनुहुन्छ हामीलाई छाया ।
कहिले हार दिनुहुन्छ छोराछोरी बिग्रिन्छ कि भनी।
बाबा साथ रहँदा लाग्छ मलाई संसारको धनी ।
घरको खर्च धान्न भनी गर्नुहुन्छ काम ।
काम गर्दा थाहा हुँदैन झरी अनि घाम ।
नजानेको कुरा हामीलाई सिकाउनुहुन्छ खुरुखुरु ।
घर मेरो पाठशाला भयो बाबा त्यसको गुरु ।
ढुङ्गालाई मूर्तिकारले कुँदी बनाइदिन्छ देवता ।
सधैंभरि भगवान् मध्ये मेरो बाबा एउटा ।
10 reads
Published on 10/1/2026
Sadhak Ghimire is a student at Deerwalk Pokhara School. He has a strong passion for playing football and theatre acting.
Sadhak Ghimire
Grade 8
Roll No: 31003
Deerwalk Pokhara School
1