आफ्नाे बारेमा
मेरो नाम अवन्ती राउत हो । म चाबहिलमा बस्छु । म एक कक्षामा पढ्छु । मलाई रातो रङ मन पर्छ । मलाई अनार खान मन पर्छ। मलाई इटहरी जान पनि मन पर्छ। म सिफल स्कुलमा पढ्छु । मेराे मिल्ने साथीको नाम सायमी राई हो । मेरी आमाको नाम निलम थापा हो । उहाँ ३४ वर्षकी हुनुभयो । उहाँ पसलमा काम गर्नुहुन्छ । मेरो बाबाको नाम निर्मल राउत हो । उहाँ ४५ वर्षको हुनुभयो । उहाँ कार्यालयमा काम गर्नुहुन्छ। मेरो घरमा आमा पनि हुनुहुन्छ । म ज्ञानी छु । मलाई फुटबल खेल्न मन पर्छ। म सानालाई माया गर्छु । म ठुलालाई आदर गर्छु । म मिहिनेत गरेर पढ्छु र ठुली भएपछि चिकित्सक बन्नेछु।
0 reads
Published on 9/6/2024
Awanti Raut is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Awanti Raut
Grade 1
Roll No: 36013
3
More Articles from
Student