underline

जाडो बिदा

Underline

Share:

मेरो स्कुलको जाडो बिदा पुस २६ गते सुरु भएको थियो । जाडो विदामा म र मेरी दिदी काकाको घर गयौँ । मेरो काकाका दुई जना छोराछोरी थिए । उनीहरूको नाम सार्थक र सान्वी हो । मैले सार्थकसँग फुटबल खेलेँ । मेरी दिदीले सान्वीसँग ब्याटमिन्टन खेल्नुभयो । हामी काकाहरूसँग रिसोर्टमा घुम्न गयौँ र त्यहाँ धेरै रमाइलो गर्‍याैँ । फोटोहरू खिच्यौँ । मैले त्यहाँ मिठा मिठा खाने कुराहरू खाएँ । त्यहाँ खेल्ने ठाउँ पनि थियो । हामीले चिप्लेटी र पिङ खेल्यौँ । बेलुकी म मेरी दिदीसँग आफ्नो घर गएँ । अर्को दिन हामी सबै परिवार भक्तपुर गयौँ । भक्तपुरमा पहिला जुजु धौ खायौँ जुजु धौ भक्तपुरको प्रसिद्ध खानेकुरा हो । हामी भक्तपुर दरबार गयौँ । भक्तपुर दरबारमा नयाँ नयाँ कुराहरू देखियो । हामीले त्यहाँका धेरै कुराहरू थाहा पायौँ । घर पुगेपछि मैले जाडो बिदाको गृहकार्य गरेँ । किताबहरू पढेँ । मैले जाडो बिदाको लेख रचना लेखेँ । आमाबुबालाई नयाँ कुरा के के थाहा पाएको सबै भनेँ । यो जाडो बिदा मलाई असाध्यै मन पर्‍याे । यसरी मेरा जाडो बिदाका दिन बिते ।

2 reads

Published on 5/20/2026

Image

Abis Giri is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Abis Giri

Grade 5

Roll No: 34033

16

More Articles from

Student

Underline