‘रोल नम्बर एक’ पुस्तकको समीक्षा
राधा पौडेलको रोल नम्बर एक उहाँको बाल्यकालीन संस्मरण हो । यो पुस्तक साङ्ग्रिला बुक्सबाट प्रकाशित छ । यस पुस्तकमा लेखिकाको चितवनको ग्रामीण बाल्यकालका अनुभवहरू जीवन्त रूपमा वर्णन गरिएका छन् ।
यो पुस्तकमा समाजमा व्याप्त अन्धविश्वास, लैङ्गिक विभेद र केटीहरूमाथि लगाइने सामाजिक बन्धनहरूको भुमरीभित्र एउटी बालिकाले किशोरी हुँदासम्म खेपेका पीडाहरूको कथा छ । लेखिका सानैदेखि पढाइमा अब्बल थिइन् । क्लासमा रोल नम्बर एक तर केटी भएको कारणले समाजले हेर्ने हेय दृष्टि, महिनावारीको समयमा चोरजस्तो व्यवहार, बोक्सीको आरोप जस्ता अन्धविश्वासहरूले उनको बाल्यकाल कष्टकर बनेको छ ।
यो संस्मरण पढ्दा नेपाली समाजको ग्रामीण परिवेश, विशेष गरी केटीहरूले भोग्ने दबाब र सङ्घर्षहरू स्पष्ट झल्किन्छ । राधा पौडेल मर्यादित महिनावारीकी अभियन्ता हुन् (मदन पुरस्कार विजेता किताब खलंगामा हमला की लेखिका पनि) त्यसैले यो किताबमा महिनावारी, लैङ्गिक समानता र अन्धविश्वासविरुद्धको उनको सङ्घर्ष देखिन्छ।
राम्रा पक्षहरू:
सरल र हृदयस्पर्शी भाषा, पढ्दा आफ्नै बाल्यकाल सम्झना आउँछ।
समाजका कुरूप पक्षहरूलाई निर्धक्क लेखिएको छ।
छोटो (१२५ पेज जति) तर प्रभावशाली ।
यो किताब विशेष गरी किशोरीहरू, अभिभावकहरू र सामाजिक अभियन्ताहरूले पढ्नैपर्ने छ । याे पुस्तक नेपाली समाजको ऐना जस्तो लाग्छ ।
2 reads
Published on 10/6/2026
Deeparson Pokhrel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Deeparson Pokhrel
Grade 8
Roll No: 31063
Deerwalk Sifal School
3
More Articles from
Student