underline

मेरो देशको माटो

Underline

Share:

मेरो देशको माटोमा

सुगन्धी पुष्प र अमृत

फलाउने र फूलाउने

अनि

यसैमा हुर्किन्छन् अन्नहरू,

यसैको स्पर्शले फूल्छन् फूलहरू।

हिमालको चिसो माटोमा,

चम्किन्छ सेतो हिउँ।

तराईको उर्वर माटोले,

दिन्छ धानका सुनौला बिउ।

यस माटोको सुगन्धले,

आउँछ सम्झना बाबुको।

आमाको पसिना मिसिएको,

यो माटो हो सुनौलो।

यही माटोमा खेलेर हाँस्यौँ,

यहीँ आँसु पनि बगायौँ।

यसैको न्यानो काखमा सुतेर,

सुन्दर सपना धेरै सजायौँ।

मेरो देशको माटो हो,

मेरो शान र पहिचान।

यसको रक्षा गर्नु नै,

मेरो पहिलो कर्तव्य र सम्मान।

यस माटोको मान राखौँ,

यसको गौरव सधैँ बढाऔँ।

देशप्रतिको माया बोकी,

नेपाललाई सुन्दर बनाऔँ।

3 reads

Published on 9/4/2026

Image

Arnav Paudel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.

Arnav Paudel

Grade 12

Roll No: 27077

1