आफ्नाे बारेमा
मेरो नाम पेरिस जङ्ग खत्री हो। म सात वर्षको भएँ। मेरो विद्यालयको नाम डियरवाक पोखरा स्कुल हो। मेरो मन पर्ने खेल फुटबल हो। मलाई मन पर्ने रङ रातो हो। मलाई मन पर्ने खानेकुरा मासु र भात हो। मलाई मन पर्ने फलफूल आँप हो। मलाई पढ्न र लेख्न पनि मन पर्छ। मेरो परिवारमा सात जना सदस्य हुनुहुन्छ। म संयुक्त परिवारमा बस्छु। मेरो परिवारका सबै सदस्यले मलाई धेरै माया गर्नुहुन्छ। मेरी फुपू दिदीले मलाई सबैभन्दा बढी माया गर्नुहुन्छ। मलाई मेरो परिवारसँग बस्दा रमाइलो लाग्दछ। मेरो कक्षा शिक्षकको नाम हर्कमाया गुरुङ हो। उहाँले मलाई धेरै माया गर्नुहुन्छ। मैले डियरकवाक पाेखरा स्कुलमा पढ्दा धेरै कुरा सिकेँ। मलाई सबै शिक्षकहरूले धेरै माया गर्नुहुन्छ। मेरो विद्यालय सफा सुन्दर र हरियाली छ।
0 reads
Published on 9/17/2026
Paris Jung Khatri is a student at Deerwalk Pokhara School who likes playing football. He’s an intelligent kid and loves reading books.
Paris Jung Khatri
Grade 1
Roll No: 38008
Deerwalk Pokhara School
1